ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मोरङमा समानुपातिक मतमा पनि रास्वपाकै बर्चस्व
2082 General Candidates

मोरङमा समानुपातिक मतमा पनि रास्वपाकै बर्चस्व

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 9:36 PM 57 views
मोरङमा प्रत्यक्षतर्फ सबै ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित निर्वाचित हुँदा समानुपातिक तर्फ पनि रास्वपा नै अन्य दलहरू भन्दा निक्कै अगाडि देखिएको छ ।...

मोरङमा प्रत्यक्षतर्फ सबै ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित निर्वाचित हुँदा समानुपातिक तर्फ पनि रास्वपा नै अन्य दलहरू भन्दा निक्कै अगाडि देखिएको छ ।

मोरङमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस भन्दा रास्वपाले समानुपातिकमा तीनगुणा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार मोरङमा रास्वपाले २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ६६ हजार ९ सय ७, नेकपा एमालेले ४९ हजार १ सय ३२ र पहिलो पटक निर्वाचनमा होमिएको श्रम संस्कृति पार्टीले ४४ हजार २ सय १ मत प्राप्त गरेको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले १९ हजार ९ सय ९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार ४ सय २८ मत मात्रै प्राप्त गरेको छ । यस अघिका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले अग्र स्थानमा आउने गरेकोमा यो निर्वाचनमा यी पार्टीहरूले समानुपातिकमा एक लाख मतसमेत कटाउन सकेका छैनन् । यस क्षेत्रमा नयाँ पार्टीका रुपमा श्रम संस्कृति पार्टी उदाउँदै गर्दा पुरानो पार्टी जसपा नेपालले भने उल्लेख्य रुपमा मत ल्याउन सकेन ।

candidates election 2082