ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
इलाममा काँग्रेसले २६ बर्षपछि भत्कायो एमालेको लाल किल्ला
2082 General Parties

इलाममा काँग्रेसले २६ बर्षपछि भत्कायो एमालेको लाल किल्ला

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 4:54 PM 53 views
इलाम । इलाम प्रतिनिधि सभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस बिजयी भएको छ । काँग्रेसका निस्कल राईले निकटतम प्रतिद्धन्द्धि श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई ९ सय ११ मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएको हो । राईले १४ हजार ५ सय ४३ मत ल्याउँदा श्रम संस्कृतिका नेम्वाङले १३ हजार ६ सय ३२ […]

इलाम ।

इलाम प्रतिनिधि सभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस बिजयी भएको छ । काँग्रेसका निस्कल राईले निकटतम प्रतिद्धन्द्धि श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई ९ सय ११ मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएको हो । राईले १४ हजार ५ सय ४३ मत ल्याउँदा श्रम संस्कृतिका नेम्वाङले १३ हजार ६ सय ३२ मत ल्याउनु भयो । काँग्रेसका राईको यो जित संगै एमालेको लाल किल्ला २६ बर्षपछि तोडिएको हो ।

२०५६ सालमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईले यस क्षेत्रबाट चुनाव जितेयता काँग्रेसले जित्न सकेको थिएन । त्यसयता हरेक निर्वाचनमा नेकपा एमालेले चुनाव जित्दै आएको थियो । जुन क्षेत्रबाट तत्कालिन नेकपा एमालेका झलनाथ खनालले चुनाव जित्दै आउनु भएको थियो भने २०७९ सालको निर्वाचनमा एमालेका महेश बस्नेतले चुनाव जित्नु भएको थियो । यो निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा खुम्चियो । एमालेका उम्मेद्धार काजीमान कागते थिए ।

यी तीन दलबीच निकै कडा प्रतिष्पर्धा भएको थियो । सूर्योदय नगरपालिकाको मत गणना गर्नुअघि एमालेका काजीमान कागतेको अग्रता थियो । काँग्रेसका निस्कल राई तेस्रो र श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङ दोस्रो स्थानमा थिए । ेयी तीन पार्टीबीच निकै कम मतान्तर रहँदै आएको थियो । तर सूर्योदय नगरपालिकाको मत गणना पछि काँग्रेसले एमाले र श्रम संस्कृति संगको मतान्तर घटाउँदै अग्रता लिन सफल भएको थियो ।

त्यस पश्चात काँग्रेस र श्रम संस्कृतिबीच कडा प्रतिष्पर्धा बनेको थियो । मत गणनको प्रारम्भिक मत परिणाममा अग्रता लिएको काँग्रेस त्यसपछि दोस्रो हुँदै तेस्रोमा झरेको थियो । अन्तिम मत परिणाम अनुसार एमालेका काजीमान कागतेले ११ हजार ९ सय ६६ मत प्राीत गर्नुभयो । यता इलाम क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका सुहाङ नेम्वाङ्ग निर्वाचित भइसक्नु भएको छ । नेम्वाङले नेपाली काँग्रेसका भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो ।

नेम्वाङले २२ हजार ४ सय २६ मत ल्याउँदा आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभएको थियो । यो क्षेत्रमा श्रम संस्कृतिका सुदिप राईले १४ हजार ४ सय मत ल्याउनु भयो । इलाम क्षेत्र नम्बर १ जम्मा मतदाता १ लाख १२ हजार ३ सय २० खसेको मत ६४ हजार एकसय ४ सदर मत ५९ हजार ३ सय ९१ बदर मत ४ हजार ५ सय ६६ जम्मा गणना मत ६३ हजार ९ सय ५७ मात्र

parties election 2082