ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धनकुटाका मुद्दा सदनमा गुन्ज्याउने प्रतिवद्धता
2082 General Candidates Result

धनकुटाका मुद्दा सदनमा गुन्ज्याउने प्रतिवद्धता

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 2:32 PM 68 views
<p>धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले हालै सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने मतदाता तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ । एमाले धनकुटाले पत्रकार सम्मेलन गरि मतदातालाई धन्यबाद ब्यक्त गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमालेबाट उम्मेदवार भइ बिजयी बनेका राजेन्द्रकुमार राईले धनकुटेली जनताका समस्या सदनमा गुन्ज्याउने बताएका छन् [&#8230;]</p> <p>The post धनकुटाका मुद्दा सदनमा गुन्ज्याउने प्रतिवद्धता appeared first on राजधानी र...

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले हालै सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने मतदाता तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।

एमाले धनकुटाले पत्रकार सम्मेलन गरि मतदातालाई धन्यबाद ब्यक्त गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमालेबाट उम्मेदवार भइ बिजयी बनेका राजेन्द्रकुमार राईले धनकुटेली जनताका समस्या सदनमा गुन्ज्याउने बताएका छन् । धनकुटाको बाँदर नियन्त्रण, धरान लेउती सुरुङ मार्ग, कृषि, रोजगार, स्वास्थ्य, शिक्षा मुख्य प्राथमिकता राखेर सदनमा आवाज गुन्ज्याउने बताएका हुन् ।

उनले यो पटक सरकार बाहिर बस्नुपर्ने अवस्था रहेको बताउँदै मतदाताको अपेक्षा पुरा गर्न समस्या हुने अवस्था आएको बताए । उनले पार्टी सरकारमा भएपनि नभएपनि धनकुटेली जनताको माग पुरा गर्न संधैभरि लागिपर्ने बताए । उनले धनकुटेली जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पटक पटक दोहो¥याए ।

एमालेले पार्टीका उम्मेदवारलाई मतदान गरी विजयी गराउने मतदाता तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित, शान्तिपूर्ण र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिएको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले मतदाताले व्यक्त गरेको विश्वास र भरोसालाई सधैं शिरोपर गरी विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

The post धनकुटाका मुद्दा सदनमा गुन्ज्याउने प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082