ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिक मत: सुर्खेत-१ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
2082 General Results

समानुपातिक मत: सुर्खेत-१ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 2:05 PM 31 views
सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कांग्रेस पहिलो भएको छ।...

सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कांग्रेस पहिलो भएको छ। निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसले २३ हजार ४२३ मत प्राप्त गरी पहिलो भएको हो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० हजार ५२७ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ। समानुपातिकतर्फ नेकपा एमालेले १६ हजार ९५२, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १४९ र श्रम संस्कृति पार्टीले ९५२ मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ बनेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए।

एक लाख २२ हजार ९०२ कुल मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार २८९ मत खसेको थियो। ६७ हजार ३०७ मत सदर हुँदा एक हजार ९८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ सुर्खेतले जनाएको छ।

त्यसैगरी, एक निर्वाचन क्षेत्र भएको जुम्लामा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो भएको छ। मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टीले १० हजार २०२ मत ल्याएर पहिलो भएको हो।

त्यसैगरी, नेपाली कांग्रेसले नौ हजार ३६०, नेकपा एमालेले छ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ र नेपाल मजदुर किसान पार्टीले एक हजार ४२१ मत प्राप्त गरी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौँ र छैटौँ भएका हुन्। ७३ हजार ७३९ कुल मतदाता सङ्ख्या भएको जुम्लामा ४१ हजार ४५१ मत खसेको थिय । ४० हजार ११९ मत सदर हुँदा एक हजार ३३२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, एक निर्वाचन क्षेत्र भएको सल्यानमा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ। मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार समानुपातिकतर्फ रास्वपाले २५ हजार ६६५ मत प्राप्त गरी पहिलो भएको हो।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३३९ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ।

समानुपातिकतर्फ नेपाली कांग्रेसले १६ हजार ६९, नेकपा एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो र पाँचौँ बनेको मुख्य निर्वाचन अधिकृत योगीले जानकारी दिए। एक लाख ६२ हजार ५४५ कुल मतदाता रहेको उक्त क्षेत्रमा ८३ हजार ८२५ मत खसेको थियो। ८० हजार ७९० मत सदर हुँदा तीन हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। रासस

results election 2082