ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मुगुमा नेपाली कांग्रेस समानुपातिकमा पहिलो दल बन्यो
2082 General Parties

मुगुमा नेपाली कांग्रेस समानुपातिकमा पहिलो दल बन्यो

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 1:11 PM 55 views
मुगु । मुगुमा प्रत्यक्ष तर्फको निर्वाचनमा जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमराज खनियाले समानुपातिकमा कुल खसेको मत मध्य कांग्रेसले ७ हजार २ सय ७१, नेकपा एमालेले ६ हजार ४१, नेपाली कम्युनिस्ट पाटिले ४ हजार ६ सय ५० र राष्ट्रिय स्वतन्त्र पाटिले २ […]

मुगु ।

मुगुमा प्रत्यक्ष तर्फको निर्वाचनमा जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमराज खनियाले समानुपातिकमा कुल खसेको मत मध्य कांग्रेसले ७ हजार २ सय ७१, नेकपा एमालेले ६ हजार ४१, नेपाली कम्युनिस्ट पाटिले ४ हजार ६ सय ५० र राष्ट्रिय स्वतन्त्र पाटिले २ हजार १ सय १० मत प्राप्त गरेका छन ।

त्यस्तै, गरि राप्रपाले ४ सय ५८, जनता समाजवादी पार्टी नेपाल १ सय ४६,जनमत पार्टी २७, मजदुर किसान पार्टी २, राष्ट्रिय जनमोर्चा ५, प्रगतिशिल लोकतान्त्रिक पार्टी ५१,नेपाल लोकतान्त्रिक पाटी ५,मङोल नेसनल पार्टी १,वहुजन शक्ति पार्टी २,नेपाल सदभावना पार्टी १ र नेपाल जनता संरक्षण पार्टीले २२ मत पाएका छन ।

समानुपातिकतर्फ कूल २२ हजार ३ सय १८ मत खसेकोमा २१ हजार ६ सय १२ मत सदर र ७ सय ६ मत बदर भएको थियो । मुगुमा कुल मतदाता ३६ हजार ३१ जना रहेका थिए । आइतबार सम्पन्न प्रत्यक्ष तर्फको मतगणनामा कांग्रेसका उम्मेदवार खडक शाहिले ७ हजार ९ सय १४ मत ल्याउँदै विजयी हुनु भएको थियो ।

उहाँको निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले ६ हजार ७ सय १८ मत प्राप्त गर्नु भएको थियो ।

parties election 2082