काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो अग्रता हासिल गरेको छ।
निर्वाचन आयोगले आज बिहान ६ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ।
उक्त नतिजाअनुसार रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने एक क्षेत्रमा अग्रस्थानमा रहेको छ। यसले संसदमा रास्वपाको बलियो उपस्थिति देखाएको छ।
नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार १–१ स्थानमा विजयी भएका छन् ।
The post प्रत्यक्षतर्फ : रास्वपा १२४ स्थानमा विजयी, १ अग्रस्थानमा appeared first on RONB post.