ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नुवाकोट–१ मा रास्वपाका डा. तिमिल्सिना निर्वाचित
2082 General Candidates Result

नुवाकोट–१ मा रास्वपाका डा. तिमिल्सिना निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 11:01 PM 61 views
नुवाकोट। नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी भएका छन् । रास्वपाका तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिए । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर […]

नुवाकोट।

नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी भएका छन् ।

रास्वपाका तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिए । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरे ।

नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७ मत, नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले आठ हजार ९३२ मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले दुई हजार ६३ मत प्राप्त गरेका छन् ।

नुवाकोट–१ मा १८ जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत ल्याएका छन् । राप्रपाका बिमला थापाले ७५६, श्रम संस्कृति पार्टीका दावा फेन्जु लामाले २८८, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार राना मगरले १५९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महेन्द्र तामाङ १५६ र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका रबिन्द्र डङ्गोलले ५०, जनता समाजवादी पार्टीका होमबहादुर राईले २४ र मितेरी पार्टी नेपालका बिवेक सिलवालले ६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिए । स्वतन्त्र उम्मेदवारहरु संजिव गुरुङले ६३, राजु थापा ४९ र चेपे तामाङले १४ मत प्राप्त गरेका छन् ।

candidates election 2082