ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
अनुहारको राजनीति भन्दा, भरोसाको समाज सही 
2082 General Election

अनुहारको राजनीति भन्दा, भरोसाको समाज सही 

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 11:42 AM 49 views
“प्रिय गगन दाइ,राजनीतिमा कहिलेकाहीँ शब्दभन्दा पनि अनुहार बोल्छ। विचारभन्दा पनि छविले चुनाव जिताउँछ वा हराउँछ। यही पृष्ठभूमिमा तपाईँले एक समय भन्नुभएको थियो । देउवाको अनुहार लिए काँग्रेस सखाप हुन्छ। त्यसैले होला, तपाईँले आफ्नै अनुहार, आफ्नै शैली र नयाँ पुस्ताको भाष्य लिएर मैदान रोज्नुभयो।तर परिणाम आज प्रश्न बनेर उभिएको छ ? तपाईँ नैतिकताका आधारमा राजीनामा दिनुस्” […]

“प्रिय गगन दाइ,राजनीतिमा कहिलेकाहीँ शब्दभन्दा पनि अनुहार बोल्छ। विचारभन्दा पनि छविले चुनाव जिताउँछ वा हराउँछ। यही पृष्ठभूमिमा तपाईँले एक समय भन्नुभएको थियो । देउवाको अनुहार लिए काँग्रेस सखाप हुन्छ। त्यसैले होला, तपाईँले आफ्नै अनुहार, आफ्नै शैली र नयाँ पुस्ताको भाष्य लिएर मैदान रोज्नुभयो।तर परिणाम आज प्रश्न बनेर उभिएको छ ? तपाईँ नैतिकताका आधारमा राजीनामा दिनुस्” । 

बझाङ। 

जेन-जी विद्रोह पछि पुराना राजनीतिक दललाई चौतर्फी आक्रमण भयाे । यसकाे प्रत्येक्ष सिकार काँग्रेस सभापति सेर बहादुर देउवा पर्नु भयाे । एमाले अध्यक्ष केपी शर्मा ओली लाई आक्रमण गर्न खोज्दा फलामे वार भनेर महेश बस्नेतले संरक्षण संगै राजनीतिक इमानदारिता देखाए । भले सबैकाे लागि राम्रो नहुन सक्ला तर घरकाे अभिभावक लाई संरक्षण गर्नु दायित्व पनि हो । यसलाई भनिन्छ अभिभावक प्रतिकाे बफादारीता । यसले गर्दा याे चुनाव हारियो हाेला त्याे ठुलाे कुरा पनि हैन । लोकतान्त्रिक पद्धतिमा गइसके पछि स्विकार्नु पनि पर्छ । 

राजनीतिमा इमानदारिता र बफादारीता भन्ने यी दुई मीठा र अनाैठा शब्दले धेरै प्रभाव पार्दछ । गत भदाैं २४ गते जेन-जी आन्दाेलनमा देउवा दाम्पत्ति बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिए बडो बिड्बना पनि हो । राष्ट्रकै सबै भन्दा ठुलाे दल त्यसमा पनि भद्रशालिन संगै संगत गरे छाेड्नै नसकिने साँच्चिकै मानव ब्याइहार हुनुभएका नेपाली काँग्रेसका सभापति माथि अमानवीय ब्याइहार हुनु राम्रो पक्ष मानिदैन् । याे घट्ना पछि तत्कालीन महामन्त्री द्धय गगनकुमार थापा र विश्व प्रकाश सर्माले यस्तो साेचेकी “देउवालाई ठिक पारेर किनारा लगाउने समय यही हो  “पूर्वीय स्वार्थी राजनीतिमा चत्तुर खेलाडी गगन-विश्वले साँच्चिकै समय र कमजोरीकाे भर्पुर फाइदा उठाए । 

जे -जे गर्नु छ भुईमा खुट्टै नराखेर सके जति गरे “देउवाले सिकाई र देखाएका उनिले नै बुढेसकालमा पीडा संगै अपमानित गरेर जबर्जस्ती बाहिर हत्याए “अहिले यही पाप लागेर काँग्रेसकाे नयाँ अनुहार देखाउनै नमिल्ने र सफा गर्न पनि नमिल्ने भयाे । “गगन सभापति पद सिमित समयकाे लागि भर्ना गरिने निर्वाचन प्रहरीकाे पद जस्तो म्यादी सभापति  हुनुपर्याे । गगन दाइ साँच्चिकै नैतिकता छ भने निर्वाचन संगै तपाईँले पनि राजीनामा दिनु पर्छ तपाईँ म्यादी सभापति हो ..! अझ एक माैका छ देउवाकाे खुट्टा ढाेगी अझ पार्टी रि-फर्ममा आउन सक्छ । तर तपाईँ खुट्टा ढाेग्न लायक पनि हुनु भएन् .! राजनीतिमा कहिलेकाहीँ शब्दभन्दा पनि अनुहार बोल्छ। विचारभन्दा पनि छविले चुनाव जिताउँछ वा हराउँछ। यही पृष्ठभूमिमा तपाईँले एक समय भन्नुभएको थियो । “देउवाको अनुहार लिए काँग्रेस सखाप हुन्छ।” त्यसैले होला, तपाईँले आफ्नै अनुहार, आफ्नै शैली र नयाँ पुस्ताको भाष्य लिएर मैदान रोज्नुभयो।तर परिणाम आज प्रश्न बनेर उभिएको छ ? के केवल अनुहार बदल्दा राजनीति बदलिन्छ? मेराे प्रश्न । 

हाम्रो नेपाली समाज, विशेष गरी सुदूरपश्चिमेली समाज, परम्परा र संस्कारले गाँसिएको समाज हो। यहाँ अग्रजप्रति सम्मान गर्ने संस्कार गहिरो छ। यहाँ धेरैले नेता रोज्दा नीतिभन्दा पनि विश्वास रोज्छन्, विचारभन्दा पनि सम्बन्ध रोज्छन्। कतिपय अवस्थामा त आँखा चिम्लेर नै अग्रजलाई विश्वास गर्ने चलन अझै बलियो छ। याे हाम्रो सुदूरपश्चिमेली र नेपाली समाजकाे बिशेषता पनि हो । 

राजनीतिक दलहरूभित्र पनि यही मनोविज्ञान काम गर्छ। पुस्ता परिवर्तनको आवाज जति ठूलो भए पनि, समाजको मनभित्र अझै ‘अग्रजको छाया’ बलियो छ। त्यसैले नयाँ पुस्ताले केवल पुरानालाई आलोचना गरेर होइन, पुरानाको अनुभव र जनविश्वासलाई सम्मान गर्दै अघि बढ्नुपर्छ।

राजनीतिमा परिवर्तन केवल अनुहारले होइन, व्यवहारले आउँछ। नारा र भाषणले होइन, धैर्य र भरोसाले आउँछ। नयाँ पुस्ताले जब पुरानाको सम्मान र नयाँ सोचलाई सन्तुलनमा राख्न सक्छ, तब मात्रै परिवर्तन स्थायी हुन्छ।

आजको परिणामले एउटा सन्देश दिएको छ । नेपाली समाज अझै पनि भावनात्मक भरोसामा बाँचेको समाज हो। यहाँ नेताको अनुहार मात्रै होइन, उसको संस्कार, विनम्रता र अग्रजप्रतिको सम्मानले पनि मतदाताको मन जित्छ।

राजनीतिमा नयाँ पुस्ताको आवश्यकता छ, तर त्यो नयाँपन परम्पराको अपमान होइन, त्यसको सम्मानसहितको रूपान्तरण हुनुपर्छ। किनकि नेपाल जस्तो समाजमा परिवर्तनको बाटो विद्रोहभन्दा पनि विश्वासबाट खुल्छ। मलाई भन्नै मन लाग्याे अनुहार बदल्दा राजनीति बदलिन्छ कि सोच बदल्दा? प्रिय गगन-विश्वदाई देउवालाई तपाइहरूले गरेको अपहरण शैलीकाे ब्याइहार तपाईँले पनि अपमानित हुन सईकार गर्नु पर्छ । यति शब्दहरू लेख्दा तपाईँहरूलाई लाग्न सक्छ याे संगठन विपरीत गएकाे मान्छे हो भनेर  यसकाे चिरफारका लागि तपाईँ संगैका सहकर्मी अनि हाम्रो बझाङका उम्मेदवार र बझाङ जनमासकाे काँग्रेस लाई सोध्नु मेराे वडा र मेराे बुथमा कति मत दिलायौ भनेर । म घात गर्नेमा पर्दैन् ईश्या पनि राख्दैन् । जे यथार्थ हो भोलिका दिनमा जिम्मेवारी लिने गरि स्पष्ट भन्ने बानीले म कहिलेकाहीँ तितो हुन्छु । तर म खुसी हुन्छु । मेराे नैतिकता यही हो 

election election 2082