ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

झापामा ढल्यो ओली र लिङ्देनको विरासत, पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 9:01 AM 45 views
<p>काठमाडौं । झापा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरसहित सानदार जित हासिल गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थापित दलका शीर्ष नेताहरूलाई निकै पछाडि पार्दै रास्वपाले झापामा आफ्नो वर्चस्व कायम गरेको हो। झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी [&#8230;]</p> <p>The post झापामा ढल्यो ओली र लिङ्देनको विरासत, पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ appeared first...

काठमाडौं । झापा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरसहित सानदार जित हासिल गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थापित दलका शीर्ष नेताहरूलाई निकै पछाडि पार्दै रास्वपाले झापामा आफ्नो वर्चस्व कायम गरेको हो।

झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे ।

झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।

त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरे ।

झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे ।

त्यसैगरी, झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत मत प्राप्त गरे ।

झापाका यी नतिजाहरूले पुराना राजनीतिक दलहरूको आधार इलाका मानिने क्षेत्रहरूमा ‘घण्टी’ को लहरले पूर्ण रूपमा नयाँ समीकरण तयार पारिदिएको छ।

The post झापामा ढल्यो ओली र लिङ्देनको विरासत, पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ appeared first on RONB post.

candidates election 2082