काठमाडौं । इलाम क्षेत्र -२ मा नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ । एमालेका युवा केन्द्रीय सदस्य सुहाङ नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
भर्खरै सकिएको मतगणनामा नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यको १४ हजार ६ सय ५० मत आचार्यको मत आएको छ । श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ८ सय १४, नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत ल्याएका छन् ।
The post इलाम क्षेत्र -२ मा एमालेका नेम्बाङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....