ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिकतर्फ पनि रास्वपा अगाडि, १० लाख मत पार
2082 General Results

समानुपातिकतर्फ पनि रास्वपा अगाडि, १० लाख मत पार

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:50 AM 43 views
<p>काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम राखेको छ। प्रत्यक्षतर्फ आक्रामक ढंगले जित हासिल गरिरहेको रास्वपाले समानुपातिकतर्फ पनि १० लाखभन्दा बढी मत प्राप्त गर्दै प्रभावशाली उपस्थिति देखाएको हो। पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कुल २० लाख ९६ हजार ६६२ मत गणना भइसकेको छ। यसमध्ये रास्वपाले [&#8230;]</p> <p>The post समानुपातिकतर्फ पनि रास्वपा अगाडि, १० लाख मत पार appeared first on RON...

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम राखेको छ।

प्रत्यक्षतर्फ आक्रामक ढंगले जित हासिल गरिरहेको रास्वपाले समानुपातिकतर्फ पनि १० लाखभन्दा बढी मत प्राप्त गर्दै प्रभावशाली उपस्थिति देखाएको हो।

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कुल २० लाख ९६ हजार ६६२ मत गणना भइसकेको छ।

यसमध्ये रास्वपाले १० लाख ७७ हजार २०७ मत प्राप्त गर्दै ५० प्रतिशतभन्दा बढी मतसहित पहिलो स्थानमा रहेको छ।

त्यस्तै गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसले ३ लाख ५७ हजार ७८५ मत प्राप्त गरेको छ,

यसैगरी केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) ले २ लाख ८५ हजर ६६२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १ लाख २४ हजार ९०९ समानुपातिक मत प्राप्त गरेको छ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ हजार ६१ मत प्राप्त गरेको छ।

श्रम संस्कृति पार्टीले ४४ हजार ४२३ मत प्राप्त गरेको छ।

The post समानुपातिकतर्फ पनि रास्वपा अगाडि, १० लाख मत पार appeared first on RONB post.

results election 2082