ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नवलपरासी पूर्व, पश्चिम सबै क्षेत्रमा रास्वपाकाे जीत
2082 General Results Result

नवलपरासी पूर्व, पश्चिम सबै क्षेत्रमा रास्वपाकाे जीत

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 7:22 AM 52 views
नवलपरासी।  नवलपरासी पूर्व र पश्चिमका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।शनिबार राती सम्पन्न मतगणना नतिजा अनुसार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार विक्रम खनाल ४५ हजार २ सय ४१ मतका साथ विजय भएका हुन् । खनालले उद्योगपति विनोद कुमार चाैधरीलाई  ३५ हजार ७ सय ३९ काे मतान्तरले  पराजित गरेका […]

नवलपरासी। 

नवलपरासी पूर्व र पश्चिमका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।
शनिबार राती सम्पन्न मतगणना नतिजा अनुसार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार विक्रम खनाल ४५ हजार २ सय ४१ मतका साथ विजय भएका हुन् ।

खनालले उद्योगपति विनोद कुमार चाैधरीलाई  ३५ हजार ७ सय ३९ काे मतान्तरले  पराजित गरेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार  चाैधरीले ९ हजार ५ सय २ मत ल्याएका छन् । यस्तै उक्त क्षेत्रमा नेकपा एमालेका राम प्रसाद पाण्डेले ७ हजार ९ सय ५६ मत लयाएका छन् ।

यसै गरि क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ता ४४ हजार १ सय ३८ मत ल्याएर विजय भएका छन् ।उनले नेपाली काँग्रेसका भीम बहादुर थापालाई २८ हजार १ सय ५३ काे फराकिलो मतान्तरले पराजित गरेका हुन् । 

थापाले १५ हजार ९ सय ४५ मत ल्याएका छन् भने जनता समाजबादीका देवेन्द्र यादव ७ हजार २ सय १२ मत सहित  तेश्राे स्थानमा रहेकाछन् ।  नवलपरासी पूर्वमा रास्वपाका राजन गाैतम र २६ वर्षीय जेन्जी युवा मनिष खनाल विजय भएका थिए । 

results election 2082