ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
देवराज घिमिरेको गढमा इन्दिराको सानदार जित
2082 General Parties

देवराज घिमिरेको गढमा इन्दिराको सानदार जित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:14 AM 48 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छन्। निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरेकी छन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छन्। निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरेकी छन्।

सो क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे। यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गरे।

यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो। यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

parties election 2082