ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नारायणकाजीलाई भारी मतान्तरले हराउँदै रास्वपाका नरेन्द्र विजयी
2082 General Candidates Result

नारायणकाजीलाई भारी मतान्तरले हराउँदै रास्वपाका नरेन्द्र विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 5:04 AM 57 views
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५३ वर्षीय कलवारले ४६ हजार ८९० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका ६६ वर्षीय उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत मात्र प्राप्त गरे।...

सर्लाही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार भारी मतान्तरले विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३३ हजार ५५२ को विशाल मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५३ वर्षीय कलवारले ४६ हजार ८९० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका ६६ वर्षीय उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत मात्र प्राप्त गरे।

त्यस्तै, नेपाली कांग्रेसका ६० वर्षीय उम्मेदवार विनोद कुमार खनालले ६ हजार ६२४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का ५८ वर्षीय उम्मेदवार हरि प्रसाद उप्रेती ५ हजार ७७६ मतमा सीमित भए।

candidates election 2082