ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

को हुन ओलीको ‘आधार इलाका’ भत्काउने बालेन ?

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 7:44 PM 42 views
<p>काठमाडौं । २०४८ सालमा बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था स्थापित भएयता ६ पटक संसदको यात्रा गरिसकेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद यात्रामा यस पटक भने ‘ब्रेक’ लागेको छ । आफ्नै आधार ईलामामा ओलीको यो दोस्रो हार हो । ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वदीप लिङ्देनसँग झापा निर्वाचन [&#8230;]</p> <p>The post को हुन ओलीको ‘आधार इलाका’ भत्काउने बालेन ? appeared first on RONB post.</p>

काठमाडौं । २०४८ सालमा बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था स्थापित भएयता ६ पटक संसदको यात्रा गरिसकेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद यात्रामा यस पटक भने ‘ब्रेक’ लागेको छ । आफ्नै आधार ईलामामा ओलीको यो दोस्रो हार हो ।

०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वदीप लिङ्देनसँग झापा निर्वाचन क्षेत्र नम्बर ७ मा पराजित भएका थिए ।

त्यसबाहेक २०४८ मा झापा ६, २०५१ मा झापा ६, २०५६ मा झापा २, २०७० मा झापा ७ बाट चुनाव लडेका ओली २०७४ २०७९ मा झापा ५ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि २०७४ सालमा ओली झापा–५ बाट मुलुकभरमै सर्वाधिक ५९ हजारभन्दा बढी मत ल्याएर सांसद निर्वाचित भएका थिए । तीन वर्ष अघि २०७९ मा पनि ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका थिए ।

यसपटक भने ठीक उल्टो भएको छ । इतिहासमै सर्वाधिक भारी मतान्तरले पराजित भएपछि झापा–५ मा ओलीको ‘आधार इलाका’ भत्किएको छ ।

प्रतिस्पर्धी रास्वपाका उम्मेदवार बालेनले देशभरमै सर्वाधिक मत ल्याएर ओलीलाई हराएका छन् ।

बालेन ६८ हजार ३४८ मत प्राप्त गर्दा उनीसँग चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे ।

झापा–५ मा पहिलो पटक चुनाव लडेका बालेनले यस क्षेत्रबाट २०४८ यता लगातार आठौं पटक चुनाव लडेका ओलीलाई सर्वाधिक ४९ हजार ७१४ मतान्तरले पराजित गर्न सफल भए ।

३६ वर्षीय बालेन्द्र शाह ९बालेन० पेशाले इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म र्‍यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगेका थिए ।

काठमाडौंको गैह्रीगाउँमा बस्दै आएका बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैयाबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका बालेन पिएचडी होल्डर हुन् ।

मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।

सार्वजनिक रुपमा जहिल्यै एउटै गेटअपमा देखिन बालेनको कालो चस्मा र दाह्री समेत सधै चर्चामा रह्यो ।

नहिँडेको बाटो हिँड्ने र जोखिम उठाउन रुचाउने बालेनलाई शाहसले नेपाली राजनीतिलाई एउटा नयाँ गोरेटोमा ल्याएर उभ्याइदिएको छ ।

The post को हुन ओलीको ‘आधार इलाका’ भत्काउने बालेन ? appeared first on RONB post.

candidates election 2082