काठमाडौं ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।
यस जितसँगै राप्रपाले यो निर्वाचनमा पहिलो जित निकालेको छ। शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार शाहीले १४ हजार ६५ मत प्राप्त गरे।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी ११ हजार १२३ मतमा समेटिए। शाहीले भण्डारीलाई दुई हजार ९४२ मतान्तरले हराएका हुन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत पाए। नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतको ३९८ मतमा समेटिइन् । रास्वपा उम्मेदवारका रुपमा उनको यो सबैभन्दा लज्जास्पद हार हो । शाहीको जितसँगै अब संसद्मा राजा र हिन्दु राष्ट्रको एजेन्डा बोल्ने उनी मात्रै हुने भएका छन् ।
राप्रपाका अन्य सबै उम्मेदवार पराजित या पराजयको मुखमा पुगिसकेका छन् ।
The post राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाहीले जोगाए संसदीय अस्तित्व appeared first on RONB post.