ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
भीम रावललाई हराउँदै अछाम–१ मा कांग्रेसका स्वाँर विजयी
2082 General Candidates Result

भीम रावललाई हराउँदै अछाम–१ मा कांग्रेसका स्वाँर विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:12 PM 54 views
<p>धनगढी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन् । उनले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन् । रावलले १० हजार २ सय ३० मत प्राप्त गरेका छन् । स्वाँरले रावललाई [&#8230;]</p> <p>The post भीम रावललाई हराउँदै अछाम–१ मा कांग्रेसका स्वाँर विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDa...

धनगढी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन् । उनले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन् ।

रावलले १० हजार २ सय ३० मत प्राप्त गरेका छन् । स्वाँरले रावललाई ५ सय २८ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै स्वाँरलाई निर्वाचित घोषित गरिएको हो । अछाम–१ मा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

The post भीम रावललाई हराउँदै अछाम–१ मा कांग्रेसका स्वाँर विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082