ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी, ७ जना जीत नजिक
2082 General Results Result

प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी, ७ जना जीत नजिक

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:24 PM 40 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ६ स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० [&#8230;]</p> <p>The post प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी, ७ जना जीत नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय र...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ६ स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६, सोविका गौतम (चितवन–३) ५९ हजार २७७ मत प्राप्त विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएका छन् ।

जारी मतगणनामा रास्वपाकी डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (सर्लाही–१), आशिका तामाङ (धादिङ–१),पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरीकुमारी (महोत्तरी चार)मा अग्रस्थानमा छन् ।

आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ ।

The post प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी, ७ जना जीत नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082