ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुनसरी -१ : हर्क साम्पाङ् दुई हजार मतले अगाडि
2082 General Candidates

सुनसरी -१ : हर्क साम्पाङ् दुई हजार मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:14 PM 39 views
पछिल्लो मत परिणम अनुसार उनले सात हजार ८१३ ल्याउँदा रास्वपाको उम्मेदवार गोमा (सरिन) तामाङ्ले पाँच हजार ८१३ ल्याएर पछ्याइ रहेकी छन्। सुरुवाती चरणमा भने गोमाले अग्रता कायम गरेकी थिइन्।...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् सुनसरी क्षेत्र नं. १ बाट दुई हजार मतले अगाडि रहेका छन्।

पछिल्लो मत परिणम अनुसार उनले सात हजार ८१३ ल्याउँदा रास्वपाको उम्मेदवार गोमा (सरिन) तामाङ्ले पाँच हजार ८१३ ल्याएर पछ्याइ रहेकी छन्। सुरुवाती चरणमा भने गोमाले अग्रता कायम गरेकी थिइन्।

यस क्षेत्रबाट नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले एक हजार ४७३ मत ल्याएका छन्। नेकपा एमालेका टीका लिम्बुले एक हजार २१४ र नेपाली काँग्रेसका सुजेन्द्र गोलेले एक हजार ९३ मत ल्याएका छन् ।

यस क्षेत्रबाट २८ जना उम्मेदवारी चुनाबी प्रतिस्पर्धामा रहेका छन्। क्षेत्र नं. १ मा धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुईवटा गरि २७ वटा वडा समेटिएका छन्।

यहाँ एक लाख ५० हजार ३९३ जना मतदाताध्ये ८८ हजार ३७२ मत खसेको छ।

candidates election 2082