काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झापा– ५ निर्वाचन क्षेत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा बालेन्द्र साह (बालेन) २९ हजार मतले अगाडि छन् भने सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अम्रेश सिंह झन्डै ६ हजार मतले अगाडि छन् ।
बालेनले पूर्वप्रधानमन्त्री ओलीसँगको मतान्तर झन् बढाउँदै लगेका छन् भने कांग्रेस सभापति थापाले रास्वपा उम्मेदवार सिंहसँगको मतान्तर घटाउँदै लगेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार झापा ५ मा बालेनले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् । उता सर्लाही–४ मा सिंहले १४ हजार ४ सय ३४ मत पाउँदा सभापति थापाले ८ हजार ८ सय ६२ मत प्राप्त गरेका छन् ।
The post झापा–५ मा ओलीभन्दा बालेन २९ हजार, सर्लाही–४ मा गगनभन्दा अम्रेश ६ हजार मतले अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....