ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मोरङ ६ मा रास्वपाकी रुविनाको ऐतिहासिक जित, डा. शेखर कोइराला पराजित
2082 General Results Result

मोरङ ६ मा रास्वपाकी रुविनाको ऐतिहासिक जित, डा. शेखर कोइराला पराजित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:20 AM 38 views
निर्वाचनको अन्तिम नतिजा अनुसार ३१ वर्षीया आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेकी हुन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य भारी मतान्तरका साथ विजयी भएकी छिन्।

निर्वाचनको अन्तिम नतिजा अनुसार ३१ वर्षीया आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेकी हुन्।

विजयी आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत मात्र प्राप्त गरे। आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६ सय ६३ रहेको छ।

results election 2082