ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
आजदेखि साताव्यापी सार्वजनिक बिदा, अब २५ गते मात्रै सरकारी कार्यालय खुल्ने
2082 General Election Update

आजदेखि साताव्यापी सार्वजनिक बिदा, अब २५ गते मात्रै सरकारी कार्यालय खुल्ने

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 1:36 PM 78 views
<p>काठमाडौं । यस वर्ष फागुन महिनाको दोस्रो साता सर्वसाधारणका लागि पर्व र निर्वाचनको विशेष अवसर बनेर आएको छ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएसँगै देशभर उत्सव र निर्वाचनको छुट्टै उत्साह छाएको छ । सरकारले फागुन १८ र १९ गते रङहरूको पर्व होलीका लागि सार्वजनिक बिदा दिएको छ । लगत्तै फागुन २०, २१ र २२ [&#8230;]</p> <p>The post आजदेखि साताव्यापी सार्वजनिक बिदा, अब २५ गते मात्रै सरकारी कार्यालय खुल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onli...

काठमाडौं । यस वर्ष फागुन महिनाको दोस्रो साता सर्वसाधारणका लागि पर्व र निर्वाचनको विशेष अवसर बनेर आएको छ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएसँगै देशभर उत्सव र निर्वाचनको छुट्टै उत्साह छाएको छ ।

सरकारले फागुन १८ र १९ गते रङहरूको पर्व होलीका लागि सार्वजनिक बिदा दिएको छ । लगत्तै फागुन २०, २१ र २२ गते प्रतिनिधि सभा निर्वाचनका लागि विशेष बिदा तय गरिएको छ । यसैगरी, २३ गते शनिबारको नियमित बिदा र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकाले लगातार सात दिनसम्म सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शिक्षण संस्थाहरू बन्द रहने भएका हुन् ।

लगातारको लामो बिदा र आसन्न निर्वाचनको चटारोले गर्दा संघीय राजधानी काठमाडौँबाट बाहिरिनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

The post आजदेखि साताव्यापी सार्वजनिक बिदा, अब २५ गते मात्रै सरकारी कार्यालय खुल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082