म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।
ध्वलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन् ।
मङ्गला गाउँपालिकाको मत गणना सुरु भएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।
The post म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....