ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुपन्देही-२ मा सुलभ खरेलको फराकिलो अग्रता कायम
2082 General Results

रुपन्देही-२ मा सुलभ खरेलको फराकिलो अग्रता कायम

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:50 PM 50 views
आज साँझ करिब ६ बजेसम्मको मतगणना अनुरूप कुल ३३ हजार ६६७ मत गणना गर्दा रास्वपाका सुलभ खरेल २२ हजार ५६४ मतसहितको फराकिलो अग्रता कायम राखेका छन्। नेकपा एमालेका विष्णु पौडेल ४ हजार ८९७ मतसहित दोस्रो स्थानमा छन्।...

रुपन्देहीको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले फराकिलो अग्रता कायमै राखेका छन्।

आज साँझ करिब ६ बजेसम्मको मतगणना अनुरूप कुल ३३ हजार ६६७ मत गणना गर्दा रास्वपाका सुलभ खरेल २२ हजार ५६४ मतसहितको फराकिलो अग्रता कायम राखेका छन्। नेकपा एमालेका विष्णु पौडेल ४ हजार ८९७ मतसहित दोस्रो स्थानमा छन्।

नेपाली कांग्रेसका चन्द्रप्रसाद पौडेल ३ हजार १३९ मतसहित तेस्रो स्थानमा छन्। नेपाल कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डेले १२७८ मत पाएका छन्। कुल ३३ हजार ६६७ मत गन्दा ९५७ मत बदर भएको छ। यो क्षेत्रको अन्तिम नतिजा भोलि बिहानसम्म आइपुग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

results election 2082