ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बाँकेका दुई क्षेत्रमा रास्वपाको अग्रता, २ मा एमाले बलियो
2082 General Results Result

बाँकेका दुई क्षेत्रमा रास्वपाको अग्रता, २ मा एमाले बलियो

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 7:21 PM 50 views
प्राप्त नतिजा अनुसार दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी अग्रता लिएको छ भने एउटा क्षेत्रमा नेकपा एमाले अगाडि देखिएको छ।...

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। प्राप्त नतिजा अनुसार दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी अग्रता लिएको छ भने एउटा क्षेत्रमा नेकपा एमाले अगाडि देखिएको छ।

क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पारेका छन्। चौधरीले १७ हजार ९४६ मत प्राप्त गर्दा उनलाई नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले ६ हजार ४८० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेकपा एमालेका सूर्यप्रसाद ढकालले ४ हजार ५४५ मत प्राप्त गरेका छन्। यहाँ चौधरी र गौडेलबीचको मतान्तर ११ हजार ४६६ रहेको छ।

क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका मोहम्मद इश्तियाक राईले अग्रता कायम गरेका छन्। राईले ११ हजार १५४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुधांशु कोइराला ७ हजार ९०७ मतका साथ दोस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ ७ हजार २०१ मतसहित तेस्रो स्थानमा देखिएका छन्।

क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै खगेन्द्र सुनारले अग्रता लिइरहेका छन्। सुनारले १४ हजार ९१ मत प्राप्त गर्दा नेकपा एमालेका सुमन मल्लले ७ हजार ९५१ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसका अमरसिंह पुन ४ हजार ३६२ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।

results election 2082