ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
लमजुङ: रास्वपाका धर्मराजको अग्रता, एमालेका पृथ्वीसुब्बा दोस्रो स्थानमा झरे
2082 General Results Alert

लमजुङ: रास्वपाका धर्मराजको अग्रता, एमालेका पृथ्वीसुब्बा दोस्रो स्थानमा झरे

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 7:37 PM 72 views
लमजुङको मतगणना परिणाममा पुनः फेरबदल आएको छ। साँझ ७:२० बजेको ताजा अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले आफ्नो अग्रता लिएका छन्।...

लमजुङको मतगणना परिणाममा पुनः फेरबदल आएको छ। साँझ ७:२० बजेको ताजा अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले आफ्नो अग्रता लिएका छन्।

केसीले ४ हजार ८७६ मत प्राप्त गरेका छन्। यसअघि पहिलो स्थानमा रहेका नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले मत संख्या घटाउँदै दोस्रो स्थानमा झरेका छन्। उनले ४ हजार २५५ मत पाएका छन्।

सुरुवाती चरणमा अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार गम प्रसाद गुरुङ भने तेस्रो स्थानमा झरेका छन्। उनले ३ हजार ८०३ मत ल्याएका छन्। अहिले पहिलो स्थानमा रहेका धर्मराज र दोस्रो स्थानमा रहेका पृथ्वीसुब्बाबीच ६२१ मतको अन्तर देखिएको छ।

त्यस्तै, चौथो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका हरि जंग तामाङले ५७४ मत प्राप्त गरेका छन्। मतगणना कार्य जारी रहेको छ।

results election 2082