ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बागलुङ–२ मा रास्वपाको अग्रता
2082 General Results

बागलुङ–२ मा रास्वपाको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:40 PM 53 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सोम शर्माले अग्रता लिएका छन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सोम शर्माले अग्रता लिएका छन्।

प्राप्त प्रारम्भिक मत परिणाम अनुसार शर्माले ४१६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले २७७ मत पाएका छन्।

त्यस्तै नेकपा एमालेकी मञ्जु चालिसेले ४९ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १३६ मत पाएका छन्।

यो परिणाम गलकोट नगरपालिका–४ स्थित खरुवा माध्यमिक विद्यालय मतदान केन्द्रको प्रारम्भिक मतगणनाबाट सार्वजनिक भएको हो।

results election 2082