ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवन–२ मा रवि लामिछानेको अग्रता
2082 General Results

चितवन–२ मा रवि लामिछानेको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 7:52 AM 58 views
भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायम गरेका छन्।हालसम्मको मतगणना परिणामअनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहेका छन्। घिमिरेले हालसम्म १ हजार ६९ मत प्राप्त गरेका छन्। यसैगरी तेस्रो स्थानमा नेपाल कम्युनिष्ट […]

भरतपुर ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायम गरेका छन्।
हालसम्मको मतगणना परिणामअनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहेका छन्। घिमिरेले हालसम्म १ हजार ६९ मत प्राप्त गरेका छन्।

यसैगरी तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रताप गुरुङ रहेका छन्। गुरुङले १ हजार १० मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छन्।

मतगणना जारी रहेकाले परिणाममा थप उतारचढाव आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

results election 2082