ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सर्लाही–१ को मतगणना भोलि बिहानदेखि
2082 General Results

सर्लाही–१ को मतगणना भोलि बिहानदेखि

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:54 PM 52 views
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि सुरु गरिने भएको छ ।...

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि सुरु गरिने भएको छ ।

निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर ल्याउने काम भइरहेको छ। सबै स्थानबाट मतपेटिका आइपुगेपछि मतगणनाको तयारी गरिने उनले जानकारी दिए ।

'सबै स्थानबाट मतपेटिका बुझ्ने काम भइरहेको छ। लालबन्दी नगरपालिका–१० चन्द्रपुरमा मतगणना हुनेछ । भोलि शुक्रबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ,' थापाले भने ।

results election 2082