ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कास्कीमा ६१.३४ प्रतिशत मत खस्यो
2082 General Election

कास्कीमा ६१.३४ प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:19 PM 54 views
कास्कीमा कुल मतदाताको ६१.३४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।...

कास्कीमा ६१ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीमा कुल मतदाताको ६१.३४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका छन् । जसमध्ये विहीबार भएको निर्वाचनमा १ लाख ८९ हजार २ सय ६७ जनाले मतदान गरेका हुन् । कास्कीमा १ लाख ३ सय ५ महिला र ८८ हजार ९ सय ५९ जना पुरुषले तथा अन्य ३ जनाले मतदान गरेको बताइएको छ ।

पूर्ण विवरण आउन अझै बाँकी छ ।

election election 2082