2082 General
Candidates
एमाले नेता पोखरेलले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:44 PM
53 views
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उनले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए । उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गरे । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबा...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उनले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए । उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गरे । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबाट उम्मेदवार समेत छन् ।
candidates
election 2082