ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
गोरखामा ३० प्रतिशत मत खस्यो
2082 General Election

गोरखामा ३० प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:22 PM 58 views
गण्डकी प्रदेशको गोरखा जिल्लामा हालसम्म २८ प्रतिशत मत खसेको छ। विहान ७ बजेदेखि शुरु भएको सो जिल्लामा दिउँसो साढे २ बजेसम्म ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।...

गण्डकी प्रदेशको गोरखा जिल्लामा हालसम्म २८ प्रतिशत मत खसेको छ। विहान ७ बजेदेखि शुरु भएको सो जिल्लामा दिउँसो साढे २ बजेसम्म ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

गोरखामा हालसम्म ३४ हजार १ सय ४९ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाका कर्मचारी टेक रानाले जानकारी दिए। उनका अनुसार दिउँसो साढे २ बजेसम्ममा महिला १६ हजार ६ सय २३ र पुरुष १६ हजार ५ सय ४५ मत खसेको छ।

मतदान शान्तिपूर्ण रुपमा भइरहेको गोरखाका निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए। मतदान शान्तिपूर्ण छ,उनले भने,‘अवाञ्छित क्रियाकलाप कहीँ छैन।’

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५ सय २५ जना मतदाता रहेका छन् भने २ मा १ लाख ८ हजार ५ सय ३३ मतदाता छन्। गोरखा १ मा एक स्वतन्त्रसहित १२ जना र गोरखा २ मा एक स्वतन्त्रसहित १३ जना उम्मेदवार रहेका छन।

election election 2082