ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कर्णालीमा ४६ प्रतिशत खस्यो
2082 General Election

कर्णालीमा ४६ प्रतिशत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:29 PM 54 views
दिउँसो ३ बजेसम्म ४ लाख ७३ हजार ५ सय ३८ मतदाताले मतदान गरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी जयराज सापकोटाले बताए।...

कर्णालीका १० जिल्लामा ४६ प्रतिशत मत खसेको छ।

दिउँसो ३ बजेसम्म ४ लाख ७३ हजार ५ सय ३८ मतदाताले मतदान गरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी जयराज सापकोटाले बताए। हुम्लाको एउटा मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको प्रहरीले जनाएको छ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ स्थित हल्जी गाउँमा रहेको सुनखानी प्रा.वि.हल्जी मतदानस्थलमा विवाद भएपछि मतदान प्रक्रिया स्थगित भएको छ।

हल्जी गुम्बामा रहेका केही लामाहरूले गुम्बामा रहेका बिरामी व्यक्तिहरूलाई मतदानको अवसर दिनुपर्ने माग गरेका थिए। उनीहरूले मतदानका लागि वारिसनामा प्रतिनिधिमार्फत मतदान दिन पाउनु पर्ने वा मतपेटिका गुम्बामै लगेर करिब ५–६ जना बिरामी लामाहरूलाई मतदान गराउनुपर्ने माग अघि सारेका थिए।

election election 2082