2082 General
Parties
दोलखाको मालु केन्द्रमा मतपत्र लुटपाटको प्रयास, मतदान स्थगित
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:20 PM
52 views
दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।  स्थिति तनावपूर्ण बनेपछि रोकिएको मतदान शुरू हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले लोकान्तरलाई जानकारी दिए ।  मतपत्र लुटपाटको प्रयास भएपछि बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको उनले बताए । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए ।&...
दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि रोकिएको मतदान शुरू हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले लोकान्तरलाई जानकारी दिए । मतपत्र लुटपाटको प्रयास भएपछि बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको उनले बताए । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए ।
parties
election 2082