2082 General
Candidates
Alert
एमाले महासचिव पोखरेलले गरे तुलसीपुरबाट मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 8:24 AM
85 views
नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले तुलसीपुरबाट मतदान गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित विजौरी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । पोखरेल २०५१ पछि प्रतिनिधिसभातर्फ जितेको खोजीमा छन् । उनी गत निर्वाचनमा तत्कालीन माओवादी नेतृ रेखा शर्मासँग पराजित भएका थिए । यो क्षेत्रमा पोखरेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्य, नेपाली कांग्रेसक...
नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले तुलसीपुरबाट मतदान गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित विजौरी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । पोखरेल २०५१ पछि प्रतिनिधिसभातर्फ जितेको खोजीमा छन् । उनी गत निर्वाचनमा तत्कालीन माओवादी नेतृ रेखा शर्मासँग पराजित भएका थिए । यो क्षेत्रमा पोखरेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्य, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे प्रतिस्पर्धामा छन् ।
candidates
election 2082