ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
प्रदेश राजधानीमा सम्पूर्ण तयारी पूरा
2082 General Parties

प्रदेश राजधानीमा सम्पूर्ण तयारी पूरा

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:29 AM 43 views
हेटौंडा। आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वागमती प्रदेशको राजधानी मकवानपुरमा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदानकेन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठकसमेत भइसकेको हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनीले बताउनुभयो । मकवानपुर […]

हेटौंडा।

आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वागमती प्रदेशको राजधानी मकवानपुरमा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदानकेन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठकसमेत भइसकेको हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनीले बताउनुभयो । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थलसमेत तयार भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भुटनदेवी माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार कोठा तयार गरिएको छ ।

उहाँका अनुसार मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटीभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो । मतगणनास्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुनसक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उहाँले जानकारी दिनुभयो । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ ।

मतदानपश्चात मतपेटिका ढुवानीका लागि सवारीसाधनको समेत व्यवस्था भइसकेको छ । मकवानपुरका विकट गाउँबाट मतपेटिकाहरू ल्याइपु¥याउका लागि मतदान सकिएको चार घण्टासम्म पनि लाग्ने छ ।

parties election 2082