ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
देशैभर मतदान सुरु
2082 General Commission Update

देशैभर मतदान सुरु

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:36 AM 76 views
<p>काठमाडौं । अहिले बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ । आमनागरिक मतदानका लागि नजिकको मतदान केन्द्रमा बिहानैबाट उत्साहित भएर लाम बसेका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ । मतदाता उत्साहजनक ढंगले मतदानमा सरिक भएका छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ [&#8230;]</p> <p>The post देशैभर मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News por...

काठमाडौं । अहिले बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ । आमनागरिक मतदानका लागि नजिकको मतदान केन्द्रमा बिहानैबाट उत्साहित भएर लाम बसेका छन् ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ । मतदाता उत्साहजनक ढंगले मतदानमा सरिक भएका छन् ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् ।

यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

The post देशैभर मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082