ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कसरी गर्ने मतदान ? यी अवस्थामा हुनसक्छ मत बदर
2082 General Candidates

कसरी गर्ने मतदान ? यी अवस्थामा हुनसक्छ मत बदर

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 9:15 PM 57 views
<p>काठमाडौं । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् । कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ । दुई [&#8230;]</p> <p>The post कसरी गर्ने मतदान ? यी अवस्थामा हुनसक्छ मत बदर appeared first on RONB post.</p>

काठमाडौं । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् ।

कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ । दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ ।

यसैगरी स्वस्तिक छापको सट्टा औँठा छाप लगाएमा, मतपत्रमा केरमेट गरेमा, कुनै चिह्न कोरेमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा र मतपेटिका बाहिर मत खसालेमा त्यस्तो मत बदर हुने आयोगले जनाएको छ ।

मतदाताले मतदान केन्द्रमा राखिएको गोप्य मतदानस्थलमा गई आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई, छापको मसी नलतपतिने गरी पट्याएर मतपेटिका खसाल्नुपर्छ ।

The post कसरी गर्ने मतदान ? यी अवस्थामा हुनसक्छ मत बदर appeared first on RONB post.

candidates election 2082