ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचनको गतिविधि 'मनिटरिङ' गर्न प्रहरीको 'सूचना प्रणाली'
2082 General Election

निर्वाचनको गतिविधि 'मनिटरिङ' गर्न प्रहरीको 'सूचना प्रणाली'

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:17 PM 70 views
प्रहरीले पालिकास्तरसम्म जनशक्ति कसरी परिचालन भएको छ र निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सूचना प्रणाली तयार गरेको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।...

नेपाल प्रहरीले निर्वाचनको अवस्थाबारे जानकारी लिन सूचना प्रणाली तयार पारेको छ ।

प्रहरीले पालिकास्तरसम्म जनशक्ति कसरी परिचालन भएको छ र निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सूचना प्रणाली तयार गरेको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले सो प्रणालीले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने दाबीसमेत गरे।

प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिने महानिरीक्षक कार्कीको भनाइ छ। 'मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको हो।', उनले भने।

उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगे नपुगे, मतदान प्रकृया सुरु भए नभएको तथा मतदान रोकिएकोलगायत मत गणनाको अवस्थादेखि बिजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ। उनले गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीलाई यसबारेमा जानकारी गराए।

गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो। अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैलगायत मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ। जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमत गरिन्छ।

उक्त सूचना प्रणाली मार्फत निर्वाचन सम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रुपमा मनिटरिङ गर्न सकिन्छ।

election election 2082