ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रकमसहित पक्राउ परेका उम्मेदवार यादवसहित पाँच जना नियन्त्रणमुक्त
2082 General Candidates

रकमसहित पक्राउ परेका उम्मेदवार यादवसहित पाँच जना नियन्त्रणमुक्त

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:59 PM 45 views
निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो ।...

प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित प्रहरीले नियन्त्रणमा लिएका जनता समाजवादी पार्टी नेपाल (जसपा) सिराहा– ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जना नियन्त्रणमुक्त भएका छन् । ३ दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै उनीहरूलाई बुधबार नै छाडिएको छ ।

निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो । सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले सम्पूर्ण कागजातहरूको अध्ययन पश्चात ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा दिइएको बताए ।

उनले भने– ‘हामीले सम्पूर्ण कागजातहरू अध्ययन गर्‍यौँ, तत्काललाई ३ दिनभित्र स्पष्टीकरण बुझाउने मौका दिएका छौँ। उहाँहरूले बुझाएको स्पष्टीकरण र प्रमाणहरूको आधारमा थप प्रक्रिया अगाडी बढ्छ।’

उनले पक्राउ परेका ५ जनालाई तत्काल छोडिएको जानकारी दिए । बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको उप्रेतीले जानकारी दिए । उनले अहिले अनुसन्धान जारी रहेको र निर्वाचन कानुनअनुसार कारबाही हुने समेत बताए ।

प्रहरीले गएराति मौन अवधिका बेला नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो । माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र।२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादवसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

candidates election 2082