ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा सालिकराम घिमिरे निर्वाचित
2082 General Parties

रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा सालिकराम घिमिरे निर्वाचित

Inquiry Nepal Inquiry Nepal June 14, 2026 at 10:47 AM 32 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित भएका छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

दाङको घोराहीस्थित सभागृहमा भएको निर्वाचनमा सभापतिका लागि कुल ५४२ मत खसेको थियो। चुनावमा उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।

तर सबैभन्दा धेरै मत प्राप्त गरेका उम्मेदवारमध्ये दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले सालिकरामलाई समर्थन गरेपछि सालिकराम लुम्बिनी प्रदेश सभापतिमा विजयी भएका हुन्।

निर्वाचनमा कुल ५४२ मत खसेको खसेको थियो भने सालिकरामका पक्षमा १९९ मत आएको थियो।

parties election 2082