ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

अच्युतम लामिछानेलाई दुई मतले पछि पार्दै उत्सव अर्याल बने रास्वपा बागमती प्रदेश सभापति

Inquiry Nepal Inquiry Nepal June 13, 2026 at 11:56 PM 44 views
काठमाडौँ l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वको जिम्मेवारी सम्हाल्ने भएका हुन्। विद्युतीय मतदान प्रणालीमार्फत भएको निर्वाचनमा अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत ल्याएका थिए। अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा झिनो मतान्तरले विजयी हुँदै अर्याल […]

काठमाडौँ l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

विद्युतीय मतदान प्रणालीमार्फत भएको निर्वाचनमा अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत ल्याएका थिए। अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा झिनो मतान्तरले विजयी हुँदै अर्याल बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित सभापति अर्यालले पार्टीको संगठन सुदृढीकरण, सदस्य विस्तार र प्रदेशस्तरीय गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

parties election 2082