ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रि–टोटलिङपछि थप तीन जना विद्यार्थीको चार जीपीए
2082 General Results Result

रि–टोटलिङपछि थप तीन जना विद्यार्थीको चार जीपीए

Inquiry Nepal Inquiry Nepal June 13, 2026 at 10:20 AM 28 views
<p>गुल्मी । गत वर्ष सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा रि–टोटलिङपछि गुल्मीका थप तीनजना विद्यार्थीको चार जीपीए आएको छ । जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयका दुई जना छात्र र शान्तिपुरस्थित चक्रेश्वर इंग्लिस बोर्डिङ स्कुलकी छात्राको चार जीपीए आएको हो । सिद्धबाबाका विशाल विक र विश्वास थापा एवं चक्रेश्वरकी सरगम सुवेदीको चार जीपीए आएको हो । [&#8230;]</p> <p>The post रि–टोटलिङपछि थप तीन जना विद्यार्थीको चार जीपीए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनि...

गुल्मी । गत वर्ष सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा रि–टोटलिङपछि गुल्मीका थप तीनजना विद्यार्थीको चार जीपीए आएको छ ।

जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयका दुई जना छात्र र शान्तिपुरस्थित चक्रेश्वर इंग्लिस बोर्डिङ स्कुलकी छात्राको चार जीपीए आएको हो । सिद्धबाबाका विशाल विक र विश्वास थापा एवं चक्रेश्वरकी सरगम सुवेदीको चार जीपीए आएको हो ।

गत २८ वैशाखमा प्रकाशित भएको नतिजामा सिद्धबाबाका विशाल र विश्वास दुवैको समान ३ दशमलव ९८ जीपीए तथा चक्रेश्वरकी सरगमको ३ दशमलव ९५ जीपीए आएको थियो । पछिल्ला तीन जनासँगै गुल्मीमा चार जीपीए ल्याउने विद्यार्थीको संख्या ९ पुगेको छ ।

गत वैशाखमा प्रकाशित नतिजामा जिल्लाको रेन्बो इंग्लिस बोर्डिङ स्कुलका दुई जना तथा महेन्द्र माध्यमिक विद्यालय, रिडी माध्यमिक विद्यालय, रेसुंगा माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयका एक÷एक जना विद्यार्थीले चार जीपीए ल्याएका थिए ।

The post रि–टोटलिङपछि थप तीन जना विद्यार्थीको चार जीपीए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082