ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाले स्वास्थ्य मन्त्रीलाई बुझायो स्वास्थ्य बिमा पुनर्संरचनाको मार्गचित्र
2082 General Election

रास्वपाले स्वास्थ्य मन्त्रीलाई बुझायो स्वास्थ्य बिमा पुनर्संरचनाको मार्गचित्र

Inquiry Nepal Inquiry Nepal June 13, 2026 at 8:00 AM 35 views
विभाग प्रमुख डा कार्कीले रास्वपाको गत फागुनमा सम्पन्न निर्वाचनको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्नका लागि मार्गचित्र बुझाएको बताइन्।...

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले 'स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र' बुझाएको छ।

मन्त्री मेहतालाई शुक्रबार मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा तोसिमा कार्कीले 'स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र' बुझाएकी हुन्। सो क्रममा मन्त्री मेहताले रास्वपा पार्टीले बाचापत्रमा उल्लेख गरेअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने जानकारी गराइन्।

विभागका प्रमुख डा कार्कीले रास्वपाको गत फागुनमा सम्पन्न निर्वाचनको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्नका लागि मार्गचित्र बुझाएको बताइन्।

सरकारका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने उल्लेख गरेका छन्। विभागका प्रमुख डा कार्कीले बजेटमा समेटिएको स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानका लागि मन्त्री मेहतालाई वाचापत्र बुझाएको बताइन्।

उनले केही महत्त्वपूर्ण विषय स्वास्थ्य बिमा ऐनमै संशोधन गरेर अघि बढ्नुपर्ने बताइन्। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र प्रभावकारी बनाउन रास्वपा पार्टी कटिबद्ध रहेको उनको भनाइ रहेको थियो।

पार्टीले स्वास्थ्य बिमाको यथास्थिति, समस्या, रूपान्तरण, पुनर्संरचना, स्रोत व्यवस्थापन सम्बन्धमा छलफल, अध्ययन र विभिन्न सरोकारवालासँगको छलफलपश्चात स्वास्थ्य बिमा पुनर्संरचनाका लागि मार्गचित्र बनाएको उनले उल्लेख गरिन्।

election election 2082