काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकमा साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा सुरक्षा बल आएर नेपालीलाई हप्किदप्की गरेको भिडियो सार्वजनिक भएको भन्दै उनले रक्षामन्त्री को हुनुहुन्छ भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री संसदमा उपस्थित भएर आफूहरुको प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग गरेको ११ दिन वित्दा समेत नआएको बताए ।
‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन्? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस्,’ उनले भने, ‘सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो। हामी दुई–चार वटा प्रश्न सोध्न चाहन्छौँ।’ ,
‘हाम्रो नेपाली सेना चाँहि के कसम आएर सीमामा जानै नहुने गरी बसेको छ ?’ उनले नेपाली सेनाले सीमानामा चिहाउन, अवलोकन समेत गर्न नमिल्ने नेपाल सरकारले के करार गरेको रहेछ भन्ने प्रश्न गर्दै साम्पाङले भने, ‘कि त्यो करार सन्धी हामीलाई संसदमा देखाई दिनु पर्यो ।’
खुल्ला सीमाना सँधै यसरी नै मिचिने, मिचिदै आएको बताउँदै प्रश्न गरे, ‘सीमानामा हाम्रो सेना किन पठाउन सकेका छैनौं ।’ उनले संसदमै गृहमन्त्री समेत रहेको बताउँदै विशेष समय लिएर भए पनि यस विषयमा उत्तर दिनु पर्ने बताए ।
The post संसदमा हर्क साम्पाङले भने- ‘प्रधानमन्त्री त आउनु हुन्न, रक्षामन्त्री बोलाइदिनुस्’ appeared first on RONB post.