ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पराजित भएपछि पार्टी त्यागेको सरिन तामाङको घोषणा
2082 General Parties

पराजित भएपछि पार्टी त्यागेको सरिन तामाङको घोषणा

Inquiry Nepal Inquiry Nepal June 11, 2026 at 4:42 PM 36 views
रास्वपा कोशीको सभापतिमा पराजित भएपछि वर्तमान प्रदेश सभापति गोमा तामाङ सरिनले पार्टी त्यागको घोषणा गरेका छन् ।...

रास्वपा कोशीको सभापतिमा पराजित भएपछि वर्तमान प्रदेश सभापति गोमा तामाङ सरिनले पार्टी त्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

कोशीको सभापतिमा चन्द्रबहादुर राई विजयी भएका छन् । बुधबार राति सम्पन्न निर्वाचनको मतगणना परिणाम अनुसार सभापतिका उम्मेदवार राईले २८० मत ल्याएर विजयी भएका हुन् । राईका प्रतिष्पर्धी वर्तमान कोशी प्रदेश सभापति गोमा तामाङ(सरिन)ले १४१ मत ल्याएका छन् । कोशी प्रदेश सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए । यस्तै प्रदेशसदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ । मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ ।

parties election 2082