ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
हेटौंडा विवादपछि रास्वपाको बागमती प्रदेश निर्वाचन काठमाडौं हुने
2082 General Election

हेटौंडा विवादपछि रास्वपाको बागमती प्रदेश निर्वाचन काठमाडौं हुने

Inquiry Nepal Inquiry Nepal June 11, 2026 at 5:26 PM 29 views
हेटौंडामा निर्वाचनका क्रममा मतदाता नामावली विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको थियो।...

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समितिको निर्वाचन काठमाडौंमा हुने भएको छ । हेटौंडामा हुने भनिएको निर्वाचनमा विवाद उत्पन्न भएपछि स्थगित भएको निर्वाचन काठमाडौंमा हुने भएको हो।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै बागमती प्रदेशको निर्वाचन जेठ ३० गते काठमाडौंको धुम्बाराहीमा हुने जनाएको हो। आयोगका अनुसार मतदान बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ।

यसअघि हेटौंडामा निर्वाचनका क्रममा मतदाता नामावली विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको थियो।

election election 2082