ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

दिपेन्द्र सिंह ऐरी आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 9:34 PM 28 views
<p>काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मे महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को उत्कृष्ट पुरुष खेलाडीको अन्तिम सूचीमा परेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको मे महिनाका उत्कृष्ट खेलाडीहरूको सूचीमा दीपेन्द्रको नाम समावेश गरेको हो । उनले हालै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेपछि यो सम्मानजनक मनोनयन प्राप्त गरेका हुन् [&#8230;]</p> <p>The post दिपेन्द्र सिंह ऐरी आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा appeared first ...

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मे महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को उत्कृष्ट पुरुष खेलाडीको अन्तिम सूचीमा परेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको मे महिनाका उत्कृष्ट खेलाडीहरूको सूचीमा दीपेन्द्रको नाम समावेश गरेको हो । उनले हालै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेपछि यो सम्मानजनक मनोनयन प्राप्त गरेका हुन् ।

दीपेन्द्रले मे महिनामा कीर्तिपुरमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा उनले ६ एकदिवसीय खेल खेल्दा ४९.८० को औसत र ११०.६६ को स्ट्राइकरेटमा २४९ रन बनाएका थिए । यसैगरी उनले ४.५२ को इकोनोमी रेटमा आठ विकेट पनि लिएका थिए । यो सूचीमा बंगलादेशका ताइजुल इस्लाम र मुशफिकुर रहिम पनि छन् ।

The post दिपेन्द्र सिंह ऐरी आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा appeared first on RONB post.

candidates election 2082