ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा कोशीको सभापतिमा ४ जनाको मनोनयन, मतदान अनिश्चित
2082 General Candidates

रास्वपा कोशीको सभापतिमा ४ जनाको मनोनयन, मतदान अनिश्चित

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 9:01 PM 18 views
निर्वाचन समितिका अनुसार प्रदेश सभापति पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गरेपछि मतदानबाट नेतृत्व चयनको तयारी गरिएको हो ।...

राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङको विराटचौकमा जारी पहिलो कोशी प्रदेश अधिवेशनमा मतदानबाट नयाँ नेतृत्व चयन गरिने भएको छ । निर्वाचन समितिका अनुसार प्रदेश सभापति पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गरेपछि मतदानबाट नेतृत्व चयनको तयारी गरिएको हो ।

सभापति पदकाा लागि वर्तमान कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश कोषाध्यक्ष चन्द्र राई, चन्द्रकुमार गौली र खगेन्द्र कटुवालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ ।

मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ । निर्वाचन समितिले मतदानको समय बुधबार साँझ ६ बजेका लागि तय गरेको थियो । तर, बेलुका साँढे ८ बजेसम्म पनि मतदान सुरु नभएको मोरङ–४का सांसद सन्तोष राजवंशीले जानकारी दिए ।

रास्वपाले कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला भेला तथा अधिवेशन सम्पन्न गरेपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको हो ।

candidates election 2082