2082 General
Parties
५६ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न, ५ जिल्लामा प्रक्रिया सुरु हुन बाँकी
Inquiry Nepal
Inquiry Nepal
June 8, 2026 at 11:38 AM
26 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। पार्टी प्रवक्ता मनिष झा का अनुसार १२ जिल्ला हाल निर्वाचन प्रक्रियामा रहेका छन्। एक जिल्लाको अधिवेशन स्थगित भएको छ भने डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा अधिवेशन प्रक्रिया अझै सुरु हुन बाँकी रहेको छ। रास्वपाले जेठ २३ गतेदेखि जिल्ला अधिवेशन […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। पार्टी प्रवक्ता मनिष झा का अनुसार १२ जिल्ला हाल निर्वाचन प्रक्रियामा रहेका छन्। एक जिल्लाको अधिवेशन स्थगित भएको छ भने डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा अधिवेशन प्रक्रिया अझै सुरु हुन बाँकी रहेको छ।
रास्वपाले जेठ २३ गतेदेखि जिल्ला अधिवेशन सुरु गरेको थियो। जिल्ला अधिवेशन सम्पन्न भएसँगै पार्टीले जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको जनाएको छ।
parties
election 2082